बिहान आह्वान गरिएको सत्ता गठबन्धनको बैठक स्थगित
काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने गरी आह्वान गरिएको बैठक स्थगित भएको छ । बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आह्वान गरिएको सो बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको हो ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो ।