दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते
जलेश्वर । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा गएराति भारतीय टाटा सुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटा सुमोले पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो ।
सुमोको ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटा सुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।
सोही सुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ ।
टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।