प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।
नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित बन्न पुगेको हो ।
संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस् फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।
प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो । त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ ।
तर, मन्त्रिपरिषद नै पुनर्गठन गर्न लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।