नयाँ गठबन्धनद्वारा कार्यदलको बैठक आह्वान

तु खबर संवाददाता
२०८० फाल्गुन २२,मंगलवार ०८:३४
file-photo

काठमाडौं । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी आहवान गरिएको हो ।

मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन कार्यदल बैठक बोलाइएको हो । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।