एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर नयाँ गठबन्धनको सरकार सहभागी हुन आग्रह गरेका थिए ।
आजै बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि छलफल गरेका थिए ।