नयाँ गठबन्धनः मन्त्रिपरिषद्मा १८ सदस्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वमा बनेको नयाँ सरकोको मन्त्रीपरिषद्मा १८ सदस्य रहेका छन् ।
सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले थप १४ जना मन्त्री थपेका हुन् ।
उनीहरूको कार्यविभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।
१४ जना मन्त्रीको आजै साँझ पौने ६ बजे शपथ हुने प्रधानमन्त्री स्रोतले जनाएको छ ।