बागमती प्रदेश सभा सचिवालयका अधिकृत पक्राउ
हेटौंडा । बागमती प्रदेश सभा सचिवालय हेटौंडामा कार्यरत अधिकृत छैटौँ तहमा कार्यरत रामचन्द्र अर्याल पक्राउ परेका छन् ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अर्याल पक्राउ गरेका हुन् ।
अर्याललाई जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा बुधबार प्रदेश सभा सचिवालयबाटै मकवानपुर प्रहरीले पक्राउ गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
अर्याल यसअघि यातायात कार्यालय काठमाडौं, ठुलो भर्याङबाट सरुवा भएर केही समय अघि मात्रै बागमती प्रदेश सभा सचिवालयमा आएका थिए ।
उक्त घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले केही खुलाएका छैनन् ।