पराराष्ट्र मन्त्री र चिनियाँ राजदूतबीच भेतवार्ता
काठमाडौं । नवनियुक्त पराराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा भेटवार्ता भएको हो । सो क्रममा राजदूत सोङले मन्त्र श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।
भेटमा दुई देशबीचको सहकार्यको विषयमा छलफल भएको थियो ।
परराष्ट्र मन्त्री श्रेष्ठलाई आज बिहानै भारतीय राजदूत नवीन श्रीवस्तवले पनि भेटेर बधाई दिएका थिए ।