लुटेरा समूहको कुटपिटबाट एक जनाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/09/tukhabar-featured-banner.jpg)
बाँके । बाँकेमा लुटेरा समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लुटेरा समूहको कुटपिटबाट जानकी गाउँपालिका–३ का ४० वर्षीय सन्तोष कठरियाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बुधबार राति साढे ११ बजेको समयमा ५/६ जनाको समूह लुटनका लागि कठरियाको घरमा छिरेका थिए । लुटपाट गर्ने क्रममा उनीहरूले सन्तोषमाथि कुटपिट पनि गरेका थिए ।
लुटेरा समूहको कुटपिटबाट घाइते भएका सन्तोषको नर्सिङ अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनकी ३५ वर्षीया श्रीमती सविता राजवंशी घाइते छन् । उनको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
कठरियाको घरबाट सुनसहित ४० हजारभन्दा बढी लुटपाट भएको अनुमान गरिएको भएपनि पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको खोजी कार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।