स्थापना दिवस मनाउन आधा दिन सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० फाल्गुन २७,आईतवार ०९:३९

पोखरा । पोखरा महानगरपालिकाले स्थापना दिवस मनाउन आधा दिन सार्वजनिक विदा दिएको छ ।

महानगरपालिले महानगर स्थापना भएको ७ वर्ष पुगेको उपलक्ष्यमा आधा दिन सार्वजनिक विदा दिएको हो ।

महानगरपालिकाले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचना अनुसार, महानगरपालिकाका सबै कार्यालय आज दिउँसो १ बजेपछि बन्द हुनेछ ।

महानगरले स्थापना दिवसको अवसर पारेरे पोखरा भवन र खुइखेत खोला पुलको शिलान्यास गर्न लागेको छ ।