चितवनमा टिकट काट्न लाइनमा बसेका बिरामीको मृत्यु
चितवन । चितवनमा उपचारका लागि टिकट काट्न लाइनमा बसेका एक बिरामीको आइतबार मृत्यु भएको छ ।
बागमती प्रदेश सरकार मातहतको बकुलहर रत्ननगर अस्पतालमा उपचारका लागि आएमा एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा त्ननगर नगरपालिका वडा नम्बर–३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापा मगर रहेका छन् ।
सो अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) को टिकट काट्न लाइनमा बसेका उनको बसेकै ठाँउमा मृत्यु भएको अस्पताका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, मगर मधुमेह रोगबाट पीडित थिए । अचानक ढलेका उनलाई इमर्जेन्सी विभाग पुर्याउँदा मृत्यु भइसकेको थियो । मगरको शव परिवारका सदस्यले जिम्मा लिइसकेको डा. ज्ञवालीले बताए ।