नवनियुक्त उपप्रधानमन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।
आइतबार एक कार्यक्रमबीच उपप्रधानमन्त्री यादवले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
जसपाबाट उपप्रधानमन्त्री भएका यादवलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।