नेपालमा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटयन्स भित्रिएको छ ।
आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।