वंशगोपाल माविको अभिभावक भेला सम्पन्न

तु खबर संवाददाता
२०८० फाल्गुन २८,सोमबार १७:४१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयको अभिभावक भेला समपन्न भएको छ । वंशगोपालको १८ औं अभिभावक भेला सोमवार सम्पन्न भएको हो ।

भेला हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो ।

भेलामा विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछानेले विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रतिवेदन पेश गरेका थिए ।

भेलामा विभिन्न विधामा शिक्षक, पूर्व विद्यार्थी र उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

भेलाको अवसरमा हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति वितरण गरेको छ । उक्त समूहले कक्षा ११ मा अध्ययनरत अन्जु मुक्तान र सविना राईलाई जनही ५÷५ हजारका दरले छात्रवृति वितरण गरेको समूहकी सचिव नानीमायाँ रुम्बाले बताइन् ।