प्रधानमन्त्रीले पाए विश्वासको मत
![](https://www.tukhabar.com/wp-content/uploads/2023/07/prachanda-e1688991991144.webp)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत पाएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधि सभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधि सभाको बहुमत भएको घोषणा गरे ।
गत फागुन २१ मा काँग्रेससँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका थिए ।