मकवानपुरका अग्नि पीडितलाई आर्थिक सहयोग

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ मालागिरीका अग्नि पीडित सुरेन्द्र लामालाई आर्थिक रकम सहयोग प्राप्त भएको छ । पालुङ जेसीजले बुधबार एक कार्यक्रमबीच अग्नि पीडित लामालाई नगद ३२ हजार १ सय ७५ रुपैयाँ सहयोग प्रदान गरेको हो ।
तत्कालको आवश्यकता पूरा गर्नको लागि सहयोग स्वरुप आर्थिक सहयोग गरिएको पालुङ जेसीज वर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष मानसिं दोङले जानकारी दिए ।
थाहा नगरपालिका ११ नम्बर वडा अध्यक्ष दिनेश बलको प्रमुख आतिथ्यतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्षद्वय सुरेन्द्रमान प्रधान, नवराज लामा, कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधान, महासचिव बिक्रम गोपाली, कोषाध्यक्ष संजय गोपाली लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
लामाको घर गत फागुन २४ मा विद्युतीय तार सर्ट भई आगजनी हुँदा घर र सम्पूर्ण सामान जलेर पूर्ण रुपले नष्ट भएको थियो ।
यसैबीच बुधबार नै थाहा नगरपालिका ४ थानाबजारस्थित खुसी एन्ड समृद्धि मोवाइल हाउसका संचालक एवम् पालुङ जेसीज वर्ष २०२४ का कानुनी सल्लाहकार सुबिन्द्रमान प्रधानले अग्नी पीडित लामालाई नगद १० हजार सहयोग गरेको गरे ।