राप्रपा नेपालद्वारा विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता तथा कार्यकर्ता आज विरोध प्रदर्शनमा उत्रिएका छन् ।
भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित राप्रपा नेपाल आजबाट प्रदर्शनमा उत्रिएका हुन् ।
आन्दोलनको कार्यक्रम भद्रकाली परिसरमा आज मध्यान्हबाट सुरु भएको हो । सो प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई एक लाइनमा बस्न आग्रह गर्दा नमानेपछि धकेलाधकेल हुँदा अवस्था तनावग्रस्त थियो ।
अहिले भने अवस्था सामान्य भइसकेको छ । आन्दोलनमा पार्टीका शीर्ष नेतालगायत कार्यकर्ताहरुको सहभागीता रहेको छ ।