मकवानपुरमा ४३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता
मकवानपुर । मकवानपुर जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा ४३७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत मकवानपुरका तथ्याङ अनुसार, जिल्लामा चालु आर्थिक वर्ष २०८०/०८१ को पछिल्लो ६ महिनामा १ हजार ५९९ वटा मुद्दा दर्ता भएकोमा ४३७ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको पाइएको हो ।
सम्बन्ध विच्छेदका लागि मुद्दा दिनेमा महिला र पुरुष दुवै रहेका छन् ।
सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामध्ये पुस मसान्तसम्म ३ सय ७३ वटा मुद्दा फछ्र्याैट भइसकेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार, गत आर्थिक वर्षको सोही अवधिमा जिल्ला अदालतमा ४ सय ३० वटा मुद्दा दर्ता भएका थियो । अदालतमा दर्ता भएको मुद्दा तथ्याङ्क अनुसार सरदरमा दैनिक ३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको हो ।