सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा बस्दै
काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि गठन गरिएको कार्यदलको बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ः३० बजे बस्ने गरी बोलाइएको हो ।
सो कार्यदलले शुक्रबार नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेताहरूसँग छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू बैठक बस्न लागेका हुन् ।
कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गर्ने र सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि मात्रै उक्त न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।