पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै
पोखरा । आज पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमबीच पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने भएका हुन् ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको छ ।
राजधानी घोषणा गर्नका लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा मूल समारोह समिति पनि गठन गरिएको थियो ।
पर्यटक राजधानी घोषणाअघि लेकसाइडस्थित बसुन्धरा पार्कबाट सांस्कृतिक झाँकीसहितको र्याली निकालिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा सहभागिताका लागि चीन र भारतसहित विभिन्न देशका राजदूतहरुलाई पनि निमन्त्रणा गरिएको पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी गराए ।