धरौटीमा रिहा भए पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार

तु खबर संवाददाता
२०८० चैत्र ५,सोमबार १७:०३

काठमाडौं । सुन तस्करी छानबिनका लागि पक्राउ परेका जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार समेत रहेका उनलाई जिल्ला अदालत काठमाडौंल धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गुरुङलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् । उनलाई सीआईबीको टोलीले गत फागुन १४ मा पक्राउ गरेको थियो ।