११ जिल्लाका सीडीओको सरुवा
काठमाडौं । ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । गृह मन्त्रालयले विभिन्न ११ जिल्लाका सीडीओको सरुवा गरेको हो ।
संखुवासभाको प्रजीअमा ध्रुब बहादुर खड्का, सुर्यबहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा सरुवा गरेको हो ।
रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य र धनुषामा रामुराज कडरिया, खोटाङको प्रजिअमा शिव कुमार कार्की, दार्चुलाको प्रजिअमा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सरुवा गरिएको हो ।