तीन दिनदेखि ब्रम्हायणीमा बेपत्ता पुरुषको शव निकाल्यो
काठमाडौं । तीन दिनदेखि ब्रम्हायणी नदीमा बेपत्ता एक पुरुषको शव आज निकालिएको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ कल्लेरी बस्ने ५० वर्षीय वीरबहादुर बिकको शव आज निकालिएको हो । उनको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।
गत चैत्र ४ गते अपराह्न सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोबाइल, घडी र स्टकोट फेला परेको थियो ।
घटनाबारे जानकारी पाएपछि सिन्धुपाल्चोकको विपद् व्यवस्थापन टोलीले गोताखोर टोलीसँगै उनको खोजी कार्य जारी राखेको थियो । सो क्रममा गोताखोरले मंगलबार दिउँसो उनको शव नदीको करिब २० फिट गहिराइबाट निकालेको जनाइएको छ ।