श्री एयरलाइन्सको विमान ग्राउन्डेड

काठमाडौं । श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरेको छ । श्री एयरलाइन्सको कलसाइन एएनएच २२७ नम्बरको विमानमा अगाडिको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो ।
उक्त विमानमा जहाज सोमबार साँझ काठमाडौंबाट धनगढी पुगेको थियो ।
सो जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर उडान योग्य भएपछि मात्रै उडान अनुमति दिइने जनाइएको छ ।