उपनिर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीद्वारा बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ । सचिवालय बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी आह्वान गरिएको हो ।
बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने की नउठाउनेबारे छलफल हुने पार्टीका नेता झलनाथ खनालले जानकारी दिए ।
आगामी बैशाख १५ गते इलाम–२ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटानमा मृत्यु भएपछि उक्त पद रिक्त छ । रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
सो पार्टीले आगामी जेठ पहिलो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । आज बस्ने सचिवालय बैठकमा सो बारे पनि छलफल हुने जनाइएको छ ।