१ अर्ब ९१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
![](https://www.tukhabar.com/wp-content/uploads/2018/03/nepal-rastra-bank.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड रुपैयाँ तरलता ब्याजमा लगानी गर्न लागिएको छ ।
राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने जनाएको हो ।
त्यसको लागि केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले यही चैत्र ८ गते राति १२ बजेसम्म उचित ब्याजदर र निक्षेप माग गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।