महरा पक्राउबारे बाबुरामः सानो माछा फसाएर आफु चोखिन खोजेको त होइन ?
![](https://www.tukhabar.com/wp-content/uploads/2019/04/baburam-photo.jpg)
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउको विषयलाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आशंका व्यक्त गरेका छन् ।
पार्टी बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले रहेका भट्टराईले सबैमाथि छानबिन गरेर कारबाही गर्नसक्ने उच्चस्तरीय अंग बन्नुपर्नेमा जोड दिए ।
महरा पक्राउबारे सोधिएको प्रश्नमा उनले भने, ‘यहाँ त के छ भने एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ’, ‘आफ्नालाई चोख्याउने, अरुलाई फसाउने गरेर त के हो के हो ?’
साना माछा, ठूला माछा भन्ने पनि रहेको भन्दै भट्टराईले ठूला माछा संरक्षणका लागि साना माछा फसाइएको पनि हुनसक्ने आशंका गरे ।
सुन जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेको भन्दै माओवादी उपाध्यक्ष महरामाथि छानबिन गर्न सिफारिस गरेको थियो । आयोगले प्रतिवेदन बुझाएको केही दिनपछि सोमबार महरा पक्राउ परेका थिए ।