सीआईबीले लियो विनोद चौधरीसँग बयान

तु खबर संवाददाता
२०८० चैत्र ८,बिहीबार १०:१९
file-photo

काठमाडौं । उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बयान लिएको छ ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका चौधरीसँग सीआईबीले आज बिहान बयान लिएको स्रोतले जनाएको छ ।

आज बिहान सीआईबीको सम्पर्कमा आएका चौधरीले आफै सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका हुन् ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा चौधरीको बयान लिएको हो ।

सो प्रकरणमा मुछिएका चौधरीलाई गत माघ १८ गते पक्राउ गरिएको थियो । उनीसँगै अन्य दुई जनालाई पनि सो घटनाबारे अनुसन्धान गर्न पक्राउ गरिएको थियो । उनीहरु तीनै जना धरौटीमा रिहा भएका थिए । तर, सीआईबीले भने अनुसन्धान गरिरहेको छ ।