परराष्ट्र मन्त्री श्रेष्ठ चीन जाँदै

तु खबर संवाददाता
२०८० चैत्र ८,बिहीबार १५:३२
file-photo

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ यही चैत्र ११ गते आइतबार चीन भ्रमणमा जाँदैछन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

चीनमा भ्रमणको क्रममा मन्त्री श्रेष्ठले त्यहाँका विदेश मन्त्री वाङ यीसँग भेटघाट गर्नेछन् । साथै चैत्र १३ गते लगानी सम्मेलनको बारेमा त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

चैत्र १८ गतेसम्म चीनको विभिन्न सहरको घुमघाम तथा कार्यक्रममा सहभागी हुनेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यसूची रहेको छ ।