बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गरिने
तु खबर संवाददाता
२०८० चैत्र ९,शुक्रबार १७:५१
काठमाडौं । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गरिने भएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार उक्त निर्णय गरेको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले पत्रकार सम्मेलनमार्फत् सो कुराको जानकारी गराएका हुन् ।
उनले बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको बताए ।
गत २०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएको जनाइएको छ ।