कांग्रेस बागमतीको वैदेशिक रोजगार समन्वय विभागमा २३ सदस्य मनोनित

तु खबर संवाददाता
२०८० चैत्र ९,शुक्रबार १८:०३

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेशको वैदेशिक रोजगार समन्वय विभागमा २३ जना सदस्य मनोनित गरेका छन् ।

सभापति बानियाँले कांग्रेसको बिधान, २०१७ (संशोधन सहित) को धारा १३ (१०) (झ) बमोजिम प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ प्रमुख रहेका प्रदेशको वैदेशिक रोजगार समन्वय विभागमा सदस्य मनोनित गरेका हुन् ।

सदस्यमा मनोनित हुनेहरूमा क्रमशः टिका शिवाकोटी, हेमन्त फुयाँल, नरेन्द्र डंगोल, बद्रिराम मानन्धर, टिकाराम खरेल, समीर सुनुवार, सुवास रानाभाट, तुलाराज थापा, ध्रुव अधिकारी, विकाश धिताल, रामलाल नेपाल र नविन लामा रहेका छन् ।

यसैगरी, पुष्कर पौडेल, संगम थापा, अर्जुन ढकाल, मिनाप्रसाद दुलाल, प्रदिप खडका, सुरेश गोतामे, रामध्वज लामा, उपेन्द्र तामाङ, मिना पाठक, शिवहरि विष्ट र पुष्पाकुमारी पौडेल सदस्यमा मनोनित भएका छन् ।