राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई छलफलमा बोलायो
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रीलाई छलफलमा बोलाएको छ ।
समितिले सो मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई छलफलमा बोलाएको छ ।
समितिले बुधबार बिहान ११ बजे बस्ने बैठकमा सहभागी हुन गहमन्त्री लामिछानेलाई बोलाएको उनका सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।
समितिका सभापति रामहरि खतिवडाले पनि गृहमन्त्री लामिछाने भोलिको बैठकमा सहभागी हुने जानकारी दिए ।