सभापति देउवाले इलाम–२ का उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाएका छन् ।
सभापति देउवाले आज अपराह्न ४ बजे बस्ने गरी उम्मेदवारका आकांक्षीलाई छलफलमा बोलाएका हुन् ।
उनले आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी उम्मेदवारका लागि सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका हुन् ।
कांग्रेसको इलाम– १ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा क्रमशः भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई रहेका छन् ।
२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम—२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएको थियो । उनको निधन भएपछि रिक्त रहेको उक्त पदमा आगामी वैशाख १५, २०८१ मा उपनिर्वाचन हुँदैछ ।