आजबाट एसईई परीक्षा सुरु

तु खबर संवाददाता
२०८० चैत्र १५,बिहीबार ०८:४०
file-photo

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ ।

आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा यही चैत्र २७ गतेसम्म संचालन हुनेछ ।

यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन भएको हो ।

त्यस्तै नेपाल बाहिर जापानमा समेत एक परीक्षा केन्द्र तोकिएको छ । त्यहाँ २३ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।