बागमतीमा बज्राचार्य पर्यटन मन्त्री बन्दै, आजै सपथको तयारी

तु खबर संवाददाता
२०८० चैत्र १५,बिहीबार १७:०१

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

हाम्रो नेपाली पार्टीको तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई आजै साँझ प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले तु खबरलाई बताएको छ ।

बज्राचायले आजै सपथ लिने र पदभार ग्रहण गर्ने कार्यतालिका रहेको छ ।

बागमतीमा नयाँ गठबन्धनको सरकार बनाउन १ जना सांसद अपुग भइरहेको अवस्थामा हाम्रो नेपाली पार्टीका सांसद बज्राचार्यलाई मन्त्री बनाउन लागिएको हो ।

हाम्रो नेपाली पार्टी भने सांसद बज्राचार्य सरकारमा जाने विषयमा असन्तुष्ट देखिएको छ ।