सर्वोच्चले कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्यो

तु खबर संवाददाता
२०८० चैत्र १६,शुक्रबार १६:३०

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ । सर्वोच्चले शुक्रबार सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो ।

सांसद गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा किनारा नलागेसम्म गुरुङलाई निलम्बन गरिएको संसद् सचिवालयले जनाएको थियो ।