त्रिविको प्रश्नपत्र अब अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने भएको छ । बिहीबार बसेकोे विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वर्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा बनाउने निर्णय गरेको हो ।
बैठकले आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागू गर्ने र क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।