हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सो पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन् ।
केही दिनअघि मात्रै सँस्कृति, पर्यटन तथा सहकारी मन्त्री बनेका बज्राचार्यले आफुले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।
बागमती प्रदेश सभाका हाम्रो नेपाली पार्टीबाट दुई जना सांसद रहेका छन् ।
यद्यपि सोही पार्टीकी अर्की सांसद सरिता खड्गी भने अनुपस्थित छिन् । उनी सुत्केरी विदामा रहेकी छन् ।