माओवादी नेता कालीबहादुर खाम पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १६:११

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका उनी पक्राउ परेका हुन् ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन् । सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा छन् ।

सोही प्रकरणमा पक्राउ परेका अर्का माओवादी कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भएका थिए ।