एक सातामा २८ जनामा पुष्टि भयो कोरोना

तु खबर संवाददाता
२०८० चैत्र २१,बुधबार ०९:३२
filr-photo

काठमाडौं । पछिल्लो एक सातामा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो एक सातामा सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिए ।

संक्रमितहरुमध्ये अधिकाँश सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका व्यक्तिहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार, भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिन थालेको हो ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए ।

साथै उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।