हेटौंडामा जीवन बीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार जीवन बीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सुर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी हेटौंडा शाखाको आयोजनामा भएको हो ।
कार्यक्रम ज्योति इन्स्योरेन्स हेटौंडामा कार्यरत एम.डी.आर.टी बुद्धराम श्रेष्ठ, वरिष्ठ एजेन्सी मेनेजार ङाजिलाल लामा र संघर्ष गुरुङ्गको संयुक्त सहकार्यमा भएको हो ।
अभिमूखीकरण कार्यक्रममा हेटौंडामा रहेका विभिन्न डाक्टर, व्यवसायिहरुलाई जिवन बीमाको महत्व र सुर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका बीमा योजना रयसले प्रदान गर्ने सोवा सुविधानको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रम नारायणी रिजनका रिजनल मेनेजर इश्वर बिकल सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा हेटौंडा हस्पिटलका वरिष्ठ सर्जन विशेषज्ञ मे.सु.डा. श्रीधर अर्याल, वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा. रामचन्द्र सापकोटा, डा. सुन्दरकुमार श्रेष्ठ, वरिष्ठ बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्का, स्त्री रोग विशेषज्ञ डा. बिदुर राज भण्डारीलगायतको चिकित्सक, स्वास्थ्यकर्मी, व्यपारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।