भोलि हेटौंडासहित मकवानपुरको यी स्थानमा विद्युत अवरुद्ध हुने

तु खबर संवाददाता
२०८० चैत्र २३,शुक्रबार १८:०४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानमा भोलि चैत्र २४ गते विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार, भोलि हेटौंडा, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र मनहरी गाउँपालिकाका विभिन्न स्थानमा विहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

भोलि भुटनदेवी फिडर, चौघडा फिडर, सानोपोखरा फिडर, भैंसे फिडर, एनसेल फिडर, वंशगोपाल फिडर, एच.आई.डी फिडर र युनिलिभर फिडरमा विद्युत अवरुद्ध हुने भएको हो ।

साथै प्राधिकरणले विद्युत अवरुद्धबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।