लाङटाङ भ्रमणको क्रममा बेलायती नागरिकको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र २४,शनिबार ०९:५५
सांकेतिक तस्वीर

रसुवा । रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा शनिबार एक पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउल रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीका अनुसार, मृतक पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै थिए । सो क्रममा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए ।

उनलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित मेडिसिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको रसुवा प्रहरीले जनाएको छ ।