मेटल उद्योगमा जलेर पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८० चैत्र २५,आईतवार ०९:२८
सांकेतिक तस्वीर

काठमाडौं । ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार, शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत भेटिएका थिए ।

उनको शरीर जलेकाले सनाखत हुन सकेको थिएन । तर, पछि मृतकका आफन्तले शव सनाखत गरेको ललितपुर प्रहरीले जनाएको छ ।