बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २५,आईतवार १५:५१
सांकेतिक तस्बिर

झापा । झापाको मेचीनगर नगरपालिका–१ सारूगोडाबाट बारुद बनाउन प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१ देवीगंज बस्ने ६० वर्षीय श्रीप्रसाद हुमागार्इँ रहेका छन् ।

हुमागाईँ सोडा ३ किलो ४२ ग्राम र गन्दक ४ सय ६८ ग्रामसहित शनिबार पक्राउ परेका हुन् ।

प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले भारतको नक्सालबारीबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त सोडा र गन्दकसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।