कोशी प्रदेशः माओवादीका मन्त्रीद्वारा राजीनामा
काठमाडौं । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका छन् ।
सोमबार दिउँसो उनीहरुले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पत्र बुझाउनेमा खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् ।
आजै बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णय लगतै उनीहरुले राजीनामा पत्र बुझाएका हुन् ।