कर्णालीका नवनियुक्त मुख्यमन्त्रीद्वारा शपथ ग्रहण
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले शपथ ग्रहण गरेका छन् ।
मुख्यमन्त्री कँडेलले बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् ।
एमाले संसदीय दलका नेता समेत रहेका उनी मंगलबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।
कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए ।
४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ ।