स्वास्थ्यकर्मी सवार ट्याक्सी दुर्घटना, बालकको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2019/02/accident-tukhabar.png)
पोखरा । अर्घाखाँचीमा बुधबार बिहान ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्यकर्मी सवार ग ३ च ४५७४ नम्बरको ट्याक्सी घुम्ती–पाल्पा सडकखण्डको कोलडाँडाको ओरालोमा दुर्घटना हुँदा ६ वर्षीय बालको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अर्घाखाँची भूमिका स्थान नगरपालिकाका आरम्भ क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको अर्घाखाँची अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै, सोही दुर्घटनामा गरेर चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा पोखरा १२ की ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रज्वल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेका छन् । उनीहरूको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यस्तै, दुर्घटनामा परेर ट्याक्सी चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनका छोरा इभान्स पनि घाइते छन् ।
पोखरामा स्वास्थ्यकर्मीका रूपमा कार्यरत उनीहरू अर्घाखाँची घुम्न गएको र कार दुर्घटनामा परेको जनाइएको छ ।