नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तु खबर संवाददाता
२०८० चैत्र २८,बुधबार १६:४२
file-photo

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नगर प्रमुखविरुद्ध स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो ।

सोही निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापाले सार्वजनिक पदको दुरूपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।