ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी पास

तु खबर संवाददाता
२०८० चैत्र २८,बुधबार १६:५४
file-photo

काठमाडौं । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजारभन्दा बढी परीक्षार्थी पास भएका छन् ।

गत फागुन ७ गतेबाट चैत्र २४ गतेसम्म भएको भाषा परीक्षामा सहभागीमध्ये ६ हजार ३२१ जना परीक्षार्थी पास भएका हुन् ।

सो अवधिमा भएको परीक्षामा ४० हजार ५८० जना सहभागी थिए । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार, परीक्षामा पास भएका उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ ।

त्यसको लागि सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन पनि ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।